काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार दिनभर उत्तारचढाव रहेको बजार अन्त्यमा आएर करिब २५ अंकले घटेर बन्द भयो ।
प्राविधिक रुपमा एक घण्टाको समय अवधिमा आजको बजारलाई हेर्दा मूल्य रेखा मध्य ब्यान्डबाट तल खसेको छ ।
अन्तिम समयमा बजार घट्दा यो दिन कारोबार तथा भोलुम भने बढेको छ ।बोलिङगर ब्यान्डमार्फत् नियाल्दा यदि बजार घटेमा तल्लो ब्यान्ड २ हजार १०० विन्दुसम्म आउन सक्ने देखिन्छ ।
म्याक्डीमार्फत् नियाल्दा बजारले यसअघिनै वियरिस क्रसओभर बनाएको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् । आरएसआई न्युट्रल जोन ४८ को तहमा पुगेको छ ।
समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाब छ । पिभट् प्वइन्टमार्फत् नियाल्दा यदि बजार घटेमा बजारले अबको सपोर्ट २ हजार १२०, २ हजार १०० र २ हजार ६० मा लिन सक्छ ।
यदि बढेमा भने २ हजार १५५,२ हजार १६ र २ हजार २७७ विन्दुमा लिन सक्छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)