काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त बोनस सेयर आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।