काठमाण्डौ । स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना जारी गर्दै स्टार्ट अप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेका अनुसूची–१ र बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनुसूची ४ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नु पर्नेछ ।
परियोजना प्रस्ताव अनलाइन मार्फत https://sams.jedi.gov.np बाट पनि भर्न सकिनेछ । परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट https://iedi.gov.np मा उपलब्ध हुने जनाइएको छ ।

