आईतवार, फाल्गुन ३,२०८२ 10:52:48
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:52:48
Bizshala
Global IME Bank Limited

दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (IGP) का रूपमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।

सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसबारे जानकारी सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि हालका आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएपछि, सरकारले त्यसअघि नै नयाँ प्रमुखको नियुक्ति गरेको हो।

कार्कीले गत २४ भदौमा जेनजी आन्दोलनका बेला काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभागका प्रमुख थिए।

उनले डीआईजीको जिम्मेवारीमा लुम्बिनी प्रदेशको नेतृत्व गरेका थिए भने एसएसपी हुँदा काठमाडौं प्रहरी परिसरको कमाण्ड सम्हालेका थिए। सो समयमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पनि चलिरहेको थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक दक्षता, संयम र इमान्दार छविका कारण कार्की प्रहरी संगठनभित्र विश्वसनीय अधिकृतका रूपमा परिचित छन्। कुनै पनि आर्थिक विवादमा नपरेका उनले फिल्ड कमाण्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव प्राप्त गरेका छन्।

विदेशमा विभिन्न पेशागत तालिम पूरा गरेका कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत वहन गरिसकेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.