आईतवार, फाल्गुन ३,२०८२ 10:11:17
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:11:17
Bizshala
Global IME Bank Limited

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा १२.२% ले वृद्धि

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा १२.२% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु.७२ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो ।  

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान,अलैंची, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड,चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई रु.४६८ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ४.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले वृद्धि भएको छ ।  

वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल,लसुन, तेलहन, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घटेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई रु.३९५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ४.० प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.४० अर्ब ७९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.४४ अर्ब १३ करोड बराबरको भएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.