काठमाण्डौ । कालो सुन भनेर चिनिने अलैंचीको निर्यात घटेको छ । आठ महिनाको अवधिमा ५ अर्ब रुपैयाँ बढीको अलैंची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ८ महिनाको अवधिमा देशबाट ५ अर्ब १७ करोड ४५ लाख रुपैयाँबरारबको अलैंची नियार्त भएको हो ।
जुन गत आवको सोहि अवधिको तुलनामा भने ११.७६ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा ५ अर्ब ८६ करोड ४४ लाख रुपैयाँबराबरको अलैंची निर्यात भएको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुन महिनासम्म ३५ लाख ४५ हजार ४ सय ८० किलो अलैंची निर्यात भएको छ ।
‘कालो सुन’ भनेर चिनिले अलैंची नेपालका ४५ जिल्लामा १८ हजार ४०० हेक्टर जमिनमा व्यावसायिक खेती हुने गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।