आईतवार, फाल्गुन ३,२०८२ 10:11:17
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:11:17
Bizshala
Global IME Bank Limited

अवैध बसोबासको आरोपमा अमेरिकाद्वारा एकैदिन ३५ नेपाली डिपोर्ट

अवैध बसोबासको आरोपमा अमेरिकाद्वारा एकैदिन ३५ नेपाली डिपोर्ट
Shivam Cement

काठमाण्डौ । अमेरिकी अध्यागमन निकायले अवैधरूपमा बसोबास गरेको भन्दै ३५ जना नेपाली नागरिकलाई एकैपटक डिर्पोट गरेको छ। अमेरिकी इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) ले विशेष चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार साँझ ४:४० बजे काठमाडौं पठाएको नेपालस्थित स्रोतले पुष्टि गरेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

डिर्पोट भएर फर्काइएका व्यक्तिमध्ये १ जना महिला र ३४ जना पुरुष रहेको बताइएको छ। उनीहरूलाई पठाउन प्रयोग गरिएको विमान विशेष रूपमा डिर्पोटेसन फ्लाइटका रूपमा परिचित भएको थियो, जसले अमेरिकाभरिबाट संकलित अवैध बसोबासकर्ता विभिन्न देशमा फर्काउने गर्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै डिर्पोट भएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (Anti-Human Trafficking Bureau) ले नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गरेको छ।

ब्युरोकाअनुसार, हाल अमेरिका द्वारा डिर्पोट गरिइरहेका धेरै नेपालीहरू “तल्ला बाटो”- अर्थात् गैरकानुनी रूपमा सीमावर्ती देश हुँदै अमेरिका प्रवेश गर्ने जोखिमपूर्ण मार्ग प्रयोग गरेर पुगेका हुन्।

यस्ता पीडितहरू मानव तस्करहरूको जालोमा परेका हुने, ठगी, ऋणी बनाइने, तथा अमानवीय यात्रामा मजबुर पारिने घटनाहरू दोहोरिन थालेको भनाइ छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकामा कडिंदै गएको इमिग्रेसन नीति र सीमा सुरक्षा कडाइका कारण पछिल्लो समय विभिन्न देशबाट अवैध रूपमा पुगेका व्यक्तिहरूलाई समातेर सामूहिक रूपमा फर्काउने प्रवृत्ति तीव्र भएको छ।

नेपालबाट पनि वर्षैपिच्छे सयौँ युवाहरू मेक्सिको, ब्राजिल, पनामा, कोलम्बिया हुँदै अमेरिका प्रवेश गर्ने ‘दारिएन ग्याप रुट’ प्रयोग गर्दै आएका छन्, जसलाई विश्वकै सबैभन्दा खतरनाक अवैध माइग्रेशन मार्ग मानिन्छ।

यात्राका क्रममा धेरैजना बाटोमै घाइते हुने, बन्धक बनाइने, पैसामा ठगी खाने तथा सीमा नियमनमा समातिने गरेका कारण नेपालमा डिर्पोट भई फर्किने संख्या बढ्दो छ।

-AI Picture

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.