बुधबार, बैशाख १०,२०८२ 01:29:12
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 01:29:12
IME remit
Global IME Bank Limited

राष्ट्रिय प्रसारण लाईनमा जोडियो ९.७ मेगावाटको माथिल्लो इङवा जलविद्युत आयोजना

Hyundai Nepal
राष्ट्रिय प्रसारण लाईनमा जोडियो ९.७ मेगावाटको माथिल्लो इङवा जलविद्युत आयोजना
Nabil Bank Limited

काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार  राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल भएको छ । यस आयोजनाले आफ्नो विद्युत गृहको प्राडगणमा समुदघाटन समारोह आयोजना गरि स्थानियहरुको वाक्लो उपस्थितिमा सम्पन्न गरेको यस कार्यक्रममा कम्पनीका सम्पुर्ण संचालकहरुको उपस्थिमा भएको छ । 

पाचँथर तथा ताप्लेजुुङ् जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९।७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाईनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरण को अमरपुर सवस्टेशनमा जडान गरिएको छ । २०७८ साल श्रावण २३ गतेवाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनि गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पुुरा गरेको छ । यो आयोजना निर्माण सम्पन्न गर्नका  लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संथापक तथा सर्वसाधारणको सेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी ७० प्रतिशत नविल बैंकको एकल लगानी बाट सम्पन्न गरिएको छ । 

यो आयोजना याँङवारक गाँउपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४।५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसालि विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी लिमिटेड र इन्टेक तथा पाईप एलाईनमेण्ट  मकालु डेभलपर्स लिमिटेडले गरेको हो भने आयोजनाको हाइड्रोमेकानिकलको  काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित  इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरु यूरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कुरा कम्पनीका कार्यकारी संचालकसतिस न्यौपानेले जानकनरी दिए । जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन  र गामेशा स्पेनवाट आयात गरिएको जेनेरेटर राखिएको छ भने कन्ट्रोल रुममा राखिएका प्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीवाट आयात गरिएको  समेत न्यौपानेले जानकारी गराए । 

यो कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको वहुमत शेयर लगानी रहेको छ भने गुरु प्रसाद न्यौपानेको अगुवाईमा प्रवद्र्धन गरिएका न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाहरुको संख्या आ १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सवस्टेशनमा जडान गरी आरपुर–दमक १३२ के।भि।ट्रान्समिसनलाईन मार्फत नेपाल अधिराज्यभर आपूर्ति भएको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.