काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५१ प्रतिशत र निर्जीवन बीमा समूह ०.६८ अंकले घटेको छ । आज ९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४० प्रतिशतले बढेर ७२५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.०४ प्रतिशत, प्रभुको ०.२९ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.०४ प्रतिशत, शिखरको ०.३१ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.५५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५९ प्रतिशत र सन नेपाल लाइफको ०.२० प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.२२ प्रतिशतले घटेर ४६३.५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.७० प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.०८ प्रतिशत, हिमालयन लाइफको ०.५२ प्रतिशत, आइएमई लाइफको ०.६४ प्रतिशत, एलआइसी नेपालको १.२२ प्रतिशत, नेपाल लाइफको ०.१३ प्रतिशत, नेशनल लाइफको १.०२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२२ प्रतिशत, एलएलजीको ०.१७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.३८ प्रतिशत, आरबीसीएलको ०.१९ प्रतिशत, युनाइटेड अजोडको ०.५३ प्रतिशत, हिमालयन रि को ०.३३ प्रतिशत र नेपाल रि को ०.५२ प्रतिशतले घटेको छ ।

