आईतवार, फाल्गुन ३,२०८२ 08:05:39
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:05:39
Bizshala
Global IME Bank Limited

एनएससीसीआईका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटघाट, व्यापार, लगानी र संयुक्त उद्यमलगायतका विषयमा छलफल

एनएससीसीआईका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटघाट, व्यापार, लगानी र संयुक्त उद्यमलगायतका विषयमा छलफल
Shivam Cement

काठमाण्डौ। नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका राजदूत रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाण्डौको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त र सदस्य कुमार दाहालको उपस्थिति रहेको थियो ।

यो भेटघाटमा एम्बेसडर डेल्पिटियाले आगामी दिनमा दुई मुलुकबीच व्यावसायिक गतिविधि बढ्ने धारणा राखेका छन् । २०२६ जुन महिनामा श्रीलंकामा हुने इन्ड्रस्ट्रियल एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुने विषयमा छलफल भएको छ । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो आयोजना गरिने र श्रीलंकाका प्रतिनिधि सहभागी हुने नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष विजय श्रेष्ठले बताए । भेटघाटमा नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा छलफल भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दुई देशबीचको भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशसँग सम्बन्धित बजार, आर्थिक विकास पहलहरू, विदेशी व्यापार तथा लगानी नीतिहरूमा नियमित छलफल हुन सक्ने उल्लेख छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै, भेटघाटमा व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यावसायिक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवद्र्धनका सम्भावित गन्तव्यहरूका बारेमा थप छलफल भएको छ । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) को आगामि हुने साधारणसभामा नेपालका लागि श्रीलंकाका एम्बेसडर डेल्पिटियाको प्रमुख अथिति रहेने विषयमा समेत छलफल भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.