आईतवार, फाल्गुन ३,२०८२ 08:06:02
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:06:02
Bizshala
Global IME Bank Limited

सरकारको कुल खर्च ४.६८ खर्ब, नगद मौज्दात २.०२ खर्ब

सरकारको कुल खर्च ४.६८ खर्ब, नगद मौज्दात २.०२ खर्ब
Shivam Cement

काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को चौथो महिनासम्ममा नेपाल सरकारको कुल खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड रहेको छ ।

समीक्षा अवधिमा चालु खर्च ३ खर्ब २० अर्ब ९९ करोड, पूँजीगत खर्च २५ अर्ब ३१ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब २२ अर्ब ५८ करोड रहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ३ खर्ब २६ अर्ब ५५ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व ३ खर्ब ६ अर्ब ८९ करोड र गैरकर राजस्व रु.१९ अर्ब ६६ करोड परिचालन भएको छ ।

२०८२ कात्तिक मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब २ अर्ब ९७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.२१ अर्ब ४१ करोड र स्रोत परिचालन रु.६० अर्ब ३६ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.४७ अर्ब ३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१२ अर्ब ४८ करोड रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.