काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला निराधार भएको बताएका छन्। मन्त्री बूतेतले आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् । ऊर्जामन्त्री बस्नेतले मिडियामा लोडसेडिङ हुने भनेर आएका समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।
बैठकमा बोल्दै मन्त्री बस्नेतले भारतबाट विद्युत खरिद सम्झौता नविकरण नहुने र केही दिनमा लोडसेडिङ हुन लागेको भन्ने हल्ला निराधार भएको बताए । ‘भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैछन् भन्ने बाहिर समाचारहरू आइरहेको छ । त्यो सही होइन ।’ उनले भने । ‘हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा छ। ’