काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा देशमा ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र अन्तर्राष्ट्रिय व्यापार २० प्रतिशतले वृद्धि भएको हो।
यो अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजारको आयात भएको छ भने १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजारको निर्यात भएको छ। गत वर्षको सोही अवधिमा भने ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजारको आयात र ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजारको निर्यात भएको थियो।
यस हिसाबले यो अवधिमा आयात १५.८३ प्रतिशतले बढेको छ भने निर्यात पनि ५८.१७ प्रतिशतले बढेको छ।
पाँच महिनाको अवधिमा व्यापार घाटा ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ खर्ब ८७ अर्ब रुपैयाँको तुलनामा करिब १० प्रतिशतले बढी हो।

