शुक्रबार, बैशाख ४,२०८३ 11:58:10
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:58:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ज्येष्ठ नागरिकका लागि विशेष हटलाइन र प्रदेशैपिच्छे निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने

Bizshala
ज्येष्ठ नागरिकका लागि विशेष हटलाइन र प्रदेशैपिच्छे निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने
Shivam Cement

काठमाण्डौ । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ ज्येष्ठ नागरिकहरूको हितका लागि विभिन्न कल्याणकारी योजनाहरू घोषणा गरिएको छ । ज्येष्ठ नागरिकहरूको मर्यादित जीवन सुनिश्चित गर्न राज्यले विशेष पहलकदमी लिएको छ ।

स्वास्थ्य समस्या समाधानका लागि विशेष हटलाइनः ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका स्वास्थ्य सम्बन्धी समस्या र गुनासोहरू सिधै सुन्नका लागि ‘१११५’ नम्बरको विशेष हटलाइन सेवा व्यवस्थापन गर्ने प्रक्रिया स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अगाडि बढाइएको छ । यस सेवामार्फत ज्येष्ठ नागरिकहरूले आफ्ना स्वास्थ्य सम्बन्धी समस्या र गुनासोहरू कुनै पनि समयमा सिधै मन्त्रालयसमक्ष राख्न सक्नेछन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एक महिनाभित्रै निस्शुल्क एम्बुलेन्स सेवाः मन्त्रालयले हरेक प्रदेशमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

यसका लागि आवश्यक गृहकार्य भइरहेको र एक महिनाभित्रै यो सेवा उपलब्ध गराइने लक्ष्य राखिएको छ । विशेषगरी पशुपति वृद्धाश्रमको अनुगमनका क्रममा देखिएको स्वास्थ्यकर्मी र एम्बुलेन्सको अभावलाई सम्बोधन गर्दै उक्त आश्रमको स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढिसकेको छ ।

CG Motors
Garima Development Bank
IME remit

यातायातमा थप सुविधा र छुटको व्यवस्थास् ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक यातायातमा थप सहजता प्रदान गर्न थप सुविधा र छुटहरू उपलब्ध गराउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल र समन्वय भइरहेको छ । यसले ज्येष्ठ नागरिकहरूको आवतजावतलाई थप सुलभ र सम्मानजनक बनाउने अपेक्षा गरिएको छ ।

नेपाल सरकारले २०५१ साल पौष ११ गते पहिलो पटक वृद्धभत्ता घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.