शुक्रबार, बैशाख ४,२०८३ 03:29:37
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 03:29:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

Bizshala
अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ को उद्घाटन प्रधानमन्त्रीले गर्ने
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ भोली चैत १६ गतेदेखि सुरु हुन लागेको छ। उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल(एफवीन)ले आयोजना गरेको यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्न लागेका हुन।

उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवृद्धन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजिकरण गर्न आयोजना गर्दै आएको यो मेला सातौँ संस्करण हो।  

महासंघले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसि, विजनेश डेभलपमेन्ट, क्यापसिटि विल्डीङ र नेटवर्किङमा केन्द्रीत रहेर काम गर्दै आएको छ। यहि उद्देश्य अन्तर्गत हरेक वर्ष यसरी नै राष्ट्रिय स्तरको मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ।

मुख्यगरि मेलाबाट उद्यमी महिलाहरुलाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत मिल्ने संघकी अध्यक्ष शोभा ज्ञवालीले बताईन्।

उनले भनिन्, ‘उद्यमी महिला आफैले अन्य स्रोतबाट सिकेर होस या महासंघले सिकाएर, उद्यम व्यापार त गरिरहनु भएको छ । तर, मेलामा आफुजस्तै उद्यम गरेकाहरुले के कसरी गरेका छन्, आफु कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा साथिहरुको हेरेर पनि सिक्ने मौका पनि मिल्छ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ र स्वदेशी उद्यमशिलतालाई प्रवद्र्धन गरौँ’ भन्ने मुल नाराका साथ महिला उद्यमीको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले समुद्घाटन समारोहमा उच्च पदस्थ व्यक्ति तथा राजदुतहरुलाई नेपाली पोशाकमा ‘र्याम्पो वाक’ गराउन लागेको छ।

साथै लामोसमयदेखि उद्यम गर्दै आएका, सिप तथा क्षमता भएका तर आर्थिक रुपमा कमजोर भएका महिला उद्यमीहरु जसलाई सहयोगको आवश्यकता छ उनीहरुलाई महासंघले मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ। महासंघको सीएसआर फण्डबाट १२ वटा स्टल निशुल्क रहेको अध्यक्ष ज्ञवालीले बताईन्।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएको कारण उद्यमलाई विस्तार गर्न नसकेका महिला उद्यमीलाई आवश्यकता अनुसार ‘सिड्स मनि’ र क्षमता अनुसार अवसर पनि प्रदान पनि गरिने बताईन्।

मेला भोली शुक्रबार अथात चैत १६ गतेदेखि २० गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुन लागेको छ। अवलोनकका लागि कुनै पनि शुल्क राखिएको छैन भने आफुले चाहेको सामान खरिद गर्न पनि सकिन्छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.