शुक्रबार, बैशाख ४,२०८३ 11:54:20
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:54:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाँच महिनामै पेट्रोलियम आयात एक खर्ब नाघ्यो

Bizshala
पाँच महिनामै पेट्रोलियम आयात एक खर्ब नाघ्यो
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती पाँच महिनामा नेपालले पेट्रोलियम पदार्थको आयातमा एक खर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। खपत बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात रकम अघिल्लो वर्षको तुलनामा बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

साउनदेखि मङ्सिरसम्मको अवधिमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन गरी कुल एक खर्ब तीन अर्ब रुपैयाँभन्दा बढी बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा आयात रकम एक खर्ब एक अर्ब रुपैयाँ रहेको थियो। यसअनुसार चालु आवमा करिब दुई अर्ब रुपैयाँले आयात बढेको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तथ्याङ्कअनुसार सबैभन्दा बढी डिजेल आयात भएको छ। पाँच महिनामा चार लाख ८७ हजार ८५६ किलोलिटर डिजेल आयात हुँदा ४५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा डिजेल आयातको परिमाण र मूल्य दुवै कम थियो।

यस्तै, चालु आवको पाँच महिनामा तीन लाख १४ हजार ६६३ किलोलिटर पेट्रोल आयात गरिएको छ, जसका लागि २७ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ। पेट्रोलको आयात परिमाण र मूल्य दुवै गत वर्षको तुलनामा वृद्धि भएको छ।

खाना पकाउने ग्यासको आयात पनि बढेको छ। यस अवधिमा दुई लाख २७ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको छ। यद्यपि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले ग्यास आयातमा खर्च हुने कुल रकम भने अघिल्लो वर्षभन्दा केही कम रहेको भन्सार विभागले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

हवाई सेवाको विस्तारसँगै हवाई इन्धनको आयात पनि बढेको छ। पाँच महिनामा ९० हजार ९११ किलोलिटर हवाई इन्धन आयात हुँदा आठ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।

चिसो मौसमका कारण ग्यासको माग बढ्नु, सवारी साधनको प्रयोग वृद्धि हुनु र हवाई यात्रु संख्या बढ्नुले पेट्रोलियम पदार्थको समग्र आयातमा वृद्धि भएको सरोकारवालाहरूको भनाइ छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.