काठमाण्डौ । विभिन्न माग राख्दै काठमाण्डौको माइतीघर मण्डलामा नौ दिनदेखि अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।
भुसालको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले माइतीघरमै स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा थप उपचार आवश्यक ठहरिएपछि नेपाल चिकित्सक संघको पहलमा उनलाई वीर अस्पताल भर्ना गरिएको संघले जनाएको छ।
डा. भुसालले जेनजी आन्दोलनका क्रममा गोली चलाउनेहरूमाथि कारबाही गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने तथा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै अनसन बसेका थिए ।

