बुधबार, श्रावण २०,२०८३ 12:44:29
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:44:29
Bizshala
Global IME Bank Limited

राष्ट्रपतिलाई बुझाइयो महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन

राष्ट्रपतिलाई बुझाइयो महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन
New Office

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले महान्यायाधिवक्ता भण्डारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएको जानकारी दिएका हुन् ।

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले वार्षिक प्रतिवेदनमा उल्लेखित विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताएका छन् । 

प्रतिवेदन बुझाएपछि महान्यायाधिवक्ता भण्डारीले वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा गरिएका अभियोजनसम्बन्धी मुद्दाको विवरण, सरकारको हकहित, सरोकार रहेका रिट तथा मुद्दामा गरिएका बहस पैरवी र प्रतिरक्षासहित सुझाव समेटिएको प्रतिवेदन पेश गरिएको बताएकी छन् ।

भण्डारीले कानुनी रायसम्बन्धी विवरण, महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयका स्रोतसाधनको अवस्था, भौतिक स्थिति, जनशक्तिको विवरण, कार्य सम्पादनमा देखिएका समस्या र चुनौती तथा सुझाव समेटिएको जानकारी दिएकी छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.