काठमाण्डौ । काठमाण्डौको गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार अपराह्न आगलागी हुँदा निस्किएको धुवाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार, धुवाँको प्रभावका कारण आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडानहरू तत्काल स्थगित गरिएको छ। धुवाँको असर नरोकिएसम्म विमानस्थलका उडान प्रभावित हुने जनाइएको छ ।
हलिे भने आगो नियन्त्रणमा आईसकेको छ। आगोलाई नियन्त्रणमा लिन करिब एक घण्टाको समय लागेको थियो । अग्नि नियन्त्रणमा काठमाण्डौ महानगरको दमकल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । अहिले आगलागीको कारण र आर्थिक क्षतिको विवरण संकलन भइरहेको छ।

