शनिबार, कार्तिक २८,२०८३ 11:21:53
  • शनिबार, कार्तिक २८,२०८३ 11:21:53
Global IME Bank Limited

इजरायल र ओमानसँग नयाँ श्रम सम्झौता गर्ने सरकारको तयारी

Bizshala
इजरायल र ओमानसँग नयाँ श्रम सम्झौता गर्ने सरकारको तयारी
New Office

काठमाण्डौ । नेपाल सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) र कृषिक्षेत्रमा नेपाली श्रमिक पठाउने विषयमा नयाँ श्रम सम्झौताका लागि स्वीकृति प्रदान गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले इजरायल सरकारसँग तीन क्षेत्रीय कार्यक्षेत्रमा श्रमिक पठाउने गरी श्रम सम्झौता(जिटुजी) गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

इजरायलसँगको सम्झौताअन्तर्गत अब होम–टु–होम केयरगिभर पनि पठाउन सकिने व्यवस्था भएको छ। यसअघि केयरगिभरहरू केवल संस्थागत काममा मात्र लैजान मिल्ने व्यवस्था थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेका अनुसार, नयाँ सम्झौतामा नवीकरणको स्पष्ट प्रावधान राखिएको छ, जसले दीर्घकालीन श्रमिक पठाउने प्रक्रिया अझ सुनिश्चित बनाउनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस कदमसँगै धेरै नेपाली युवालाई इजरायलमा रोजगारीको अवसर बढ्ने अपेक्षा छ। साथै, इजरायलमा सेवा सुविधा र पारिश्रमिक राम्रो भएकाले यो देश नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिन्छ।

Garima Development Bank
Bizshala
IME remit

यस्तै, नेपाल–ओमानबीच पनि श्रम समझदारी (बीटूबी) को लागि मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ। ओमानसँगको सम्झौताले करिब ५० वर्ष पुराना कूटनीतिक सम्बन्धलाई श्रम क्षेत्रमा समेत सुदृढ बनाउनेछ। नेपालले स्वीकृतिपत्र पठाएपछि ओमानले हस्ताक्षर मिति र स्थान तोक्ने जनाइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.