काठमाण्डौ । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको मस्यौदा लेखन समिति गठन भएको छ । अर्थमन्त्री वर्षमान पुनले शर्माको नेतृत्वमा आगामी बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।
राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा आज गठन भएको ६ सदस्यीय समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।