आईतवार, फाल्गुन ३,२०८२ 04:10:44
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:10:44
Bizshala
Global IME Bank Limited

नेपाल इटाली चेम्बरमा अग्रवाल पुनः निर्वाचित, युरोपेली बजारमा पहुँच बढाउने लक्ष्य

नेपाल इटाली चेम्बरमा अग्रवाल पुनः निर्वाचित, युरोपेली बजारमा पहुँच बढाउने लक्ष्य
Shivam Cement

काठमाण्डौ। नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (एनआईसीसीआई) को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता गरिएको छ ।

सभामा प्रमुख अतिथि एनआईसीसीआई संरक्षक राजेशकाजी श्रेष्ठले द्विपक्षीय व्यापार र पर्यटन अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले आज भन्दा ठिक १३ वर्ष अघि नेपाल इटली चेम्बर अफ कमर्शको स्थापना गरिएको बताए । उनले द्विपक्षीय व्यापार अभिवृद्धिसँगै आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि र व्यापार आदान प्रदानमा समेत सहजीकरणको भूमीका निभाएको भन्दै एनआईसीसीआईलाई बधाई दिए ।

उनले भने ‘यस नेपाल–इटली चेम्बर अफ कमर्श १२ वार्षिक साधारणसभासम्म आइपुग्दा यसले द्विदेशीय चेम्बर अफ कमर्शमा महत्वपूर्ण भूमीका निर्वाह गरिसकेको छ । अहिले स्थापना भएका चेम्बरमध्ये सशक्त र प्रभावकारी रुपमा नेपाल(इटली चेम्बरले आफ्नो भूमीकालाई द्विपक्षीय व्यापार अभिवृद्धिसँगै आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि र व्यापार आदान प्रदानमा समेत सहजीकरणको भूमीका निर्वाह गर्न सफल भएकोमा बधाई दिन चाहन्छु ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल इटली चेम्बर अफ कमर्शका अध्यक्ष संजय अग्रवालले आफू अध्यक्ष भइसकेपछि विगत तीन वर्षभित्र ७ वटा कार्यहरु प्रस्तुत गरेको सभामा जानकारी गराए । उनले अरु चेम्बर भन्दा निजी क्षेत्रमा द्विदेशीय चेम्बरलाई कसरी फरक बनाउने भन्ने अभिप्रायले आफूहरु लागिपरेको बताए ।

त्यस्तै, चेम्बरले विभिन्न प्रकारका तालिम कार्यक्रम समेत संचालन गर्दै आएको उनले जानकारी दिए । ‘आउँदो फेबु्रअरीमा निकीको डेलिगेशनमा इटाली जाँदैछौ र त्यहाँ मिलानो चेम्बरसँग छलफल गर्ने र आफ्ना उत्पादनलाई कसरी त्यहाँको बजारसम्म पहुँच पुर्याउन सकिन्छ भन्नेमा छलफल हुनेछ,’ उनले भने, ‘त्यहाँ अबलम्बन गरिएका प्रविधिलाई कसरी नेपालमा भित्र्याउन सकिन्छ भनेर त्यस विषयमा पनि छलफल गर्ने छौं ।’

अध्यक्ष अग्रवालका अनुसार चेम्बरको कुल लक्ष्य भनेको नपाली वस्तुलाई इटाली मात्र नभएर यूरोपको बजारमा कसरी प्रवेश सहजीकरण गर्ने भन्ने रहेको छ ।

यसैबीच, एनआईसीसीआईको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

चेम्बरको अध्यक्षमा सञ्जय अग्रवाल पुनः निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा रूपक राजवंशी, उपाध्यक्षद्वय मनोज कुमार ज्ञवाली र अरनिको राजभण्डारी निर्वाचित भएका छन् ।

महासचिवमा मनोज श्रेष्ठ भडेल, सचिवद्वयमा रोमनाथ घिमिरे र विनोद सग्तानी, तथा कोषाध्यक्षमा पवन कुमार अग्रवाल चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा बसुमाया तामाङ, वीना प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैँजु, वीरन्द्र शाही, किशन सुनार, सञ्जय कुमार अग्रवाल, सुमित कुमार बंसल, सुशील कुमार जैन, युगेश भक्त बादे श्रेष्ठ, सुनिता सिंह, संघर्ष बिष्ट, गम्भीर मान श्रेष्ठ, योगेन्द्र विक्रम थापा, डम्बर पराजुली तथा कल्याण सिलवाल रहेका छन् ।

कार्यक्रममा विनोद सग्तानीलाई ‘मेम्बर अफ दि इयर २०२५’ को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई ‘एनआईसीसीआई सीएसआर कम्युनिटी २०२५’ अवार्ड प्रदान गरियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.