बिहीबार, फाल्गुन ७,२०८२ 02:15:45
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 02:15:45
Bizshala
Global IME Bank Limited

महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस

महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस
Shivam Cement

काठमाण्डौ । लामो समयदेखि रिक्त रहेको महालेखा परीक्षकका लागि तोयम रायाको नाम सिफारिस भएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषदको बैठकले रायालाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गत जेठ ७ गतेदेखि रिक्त महालेखा परीक्षकका लागि रायासहित १५ जनाले आवेदन दिएका थिए । प्रतिस्पर्धीहरुमध्येबाट सरकारले हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा सचिवको रुपमा कार्यरत रायाको नाम सिफारिस गरेको हो ।  

राया यसअघि अर्थमन्त्रालयको सचिवको रुपमा समेत कार्यरत थिए । उनको अर्थमन्त्रालयकै सचिवमा कमब्याकको सम्भावना रहेको भनिएकै बेला सरकारले महालेखा परीक्षकमा नियुक्तिको सिफारिस गरेको हो ।  

संवैधानिक परिषदले सिफारिस गरेको रायाको नामलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ । त्यहाँबाट पनि नाम अनुमोदन भएपछि राष्टपतिबाट महालेखा परीक्षकको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.