काठमाण्डौ । आज सार्वजनिक बिदाका दिनपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आज माघे सङ्क्रान्तिको सार्वजनिक बिदा दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजे सञ्चालन हुने जानकारी दिएको हो।
आरटीजीएस प्रणाली पूर्ण रुपमा दिनभर सञ्चालन नहुने भएकाले व्यवसायीक र व्यक्तिगत भुक्तानी गर्न चाहने बैंक तथा वित्तीय संस्था तथा ग्राहकहरूले समयअनुसार सेवा उपयोग गर्नु पर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।