आईतवार, फाल्गुन ३,२०८२ 04:12:43
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:12:43
Bizshala
Global IME Bank Limited

चितवनको एग्रोटेक प्रदर्शनीमा नेपालमै पहिलोपटक भ्याकुम फ्रिज ड्रायर प्रविधि सार्वजनिक

चितवनको एग्रोटेक प्रदर्शनीमा नेपालमै पहिलोपटक भ्याकुम फ्रिज ड्रायर प्रविधि सार्वजनिक
Shivam Cement

काठमाण्डौ । कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा नयाँ सम्भावना बोकेको लायोफिलाइजेसन प्रविधिमा आधारित भ्याकुम फ्रिज ड्रायर नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ। उक्त अत्याधुनिक प्रविधि आरएम एग्रोटेक प्रालिले भारतको अग्रणी कम्पनी आइस मेक रेफ्रिजरेसन लिमिटेड अन्तर्गतको ड्राइमेक ब्रान्डमार्फत चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा जारी आठौँ नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गरेको हो।

माघ २ देखि ४ गतेसम्म सञ्चालन भइरहेको यो प्रदर्शनी कृषि, यान्त्रिकीकरण तथा आधुनिक प्रविधिको एकीकृत मञ्चका रूपमा परिचित छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीका स्टलहरू रहेका छन्, जहाँ कृषि उपकरण, डेरी मेसिनरी, पशुपालन, खाद्य प्रशोधन र कोल्ड चेन प्रविधि प्रदर्शन भइरहेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रदर्शनीमा प्रस्तुत गरिएको भ्याकुम फ्रिज ड्रायर (लायोफिलाइजेसन) प्रविधिले न्यून तापक्रम र भ्याकुमको संयोजनमार्फत खाद्य तथा कृषि सामग्री सुकाउने काम गर्छ। यस प्रविधिबाट सुकाइएका उत्पादनमा पोषण तत्व, स्वाद र प्राकृतिक बनावट लामो समयसम्म जोगिने बताइएको छ। फलफूल, तरकारी, मासु, दुग्धजन्य पदार्थ तथा जडीबुटी प्रशोधनमा यसको प्रयोग विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।

तीन दशकभन्दा बढी समयदेखि कोल्ड चेन तथा शीतलन समाधान क्षेत्रमा कार्यरत आइस मेक रेफ्रिजरेसन लिमिटेडका प्रविधिहरू नेपालमा आरएम। एग्रोटेक प्रालिले वितरण गर्दै आएको छ। प्रदर्शनीमा भ्याकुम फ्रिज ड्रायरका साथै कोल्ड स्टोरेज, चिलर, फ्रीजर र आइस प्लान्टजस्ता सम्पूर्ण कोल्ड चेन समाधानहरू पनि प्रदर्शनमा राखिएका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आरएम एग्रोटेक प्रालिका प्रबन्ध निर्देशक प्रकाश मेहताका अनुसार नेपालमा कृषि उत्पादनको ठूलो हिस्सा उचित भण्डारण र प्रशोधनको अभावमा नोक्सानी हुने गरेको छ। उनले लायोफिलाइजेसन प्रविधिले किसान तथा कृषि उद्यमीहरूलाई गुणस्तरीय, ऊर्जा–कुशल र दीगो समाधान प्रदान गर्ने विश्वास व्यक्त गरे। यस्ता प्रविधिको प्रयोगले कृषि उत्पादनको मूल्य अभिवृद्धि हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुने उनको भनाइ छ।

प्रदर्शनी अवधिभर आगन्तुकहरूले प्रस्तुत प्रविधिहरूको प्रत्यक्ष अवलोकन गर्नाका साथै प्राविधिक जानकारी लिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.