शुक्रबार, श्रावण २२,२०८३ 09:57:46
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 09:57:46
Bizshala
Global IME Bank Limited

चुनावी सुनिश्चितताले बजारमा छायो हरियाली, सूचक र कारोबारमै उछाल

चुनावी सुनिश्चितताले बजारमा छायो हरियाली, सूचक र कारोबारमै उछाल
New Office

काठमाण्डौ । फागुन २१ को चुनाव सुनिश्चित भएसँगै सेयर बजारमा उछाल आउन सुरु भएको छ ।  

लामो समयको राजनीतिक अन्यौलमा गुज्रिएको बजार समयमै निर्वाचन भई राजनीतिक र नीतिगत स्थिरता हुने आशाका कारण उछालको बाटोमा अगाडि बढेको हो । 

फागुन २१ गतेको मध्यावधि निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेद्वारहरुले आज मंगलबार(माघ ६ गते) मनोनयन गर्ने हो । योसँगै चुनाव नसर्ने र समयमै हुने सुनिश्चितता भएपछि सेयर बजारका लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ । यहीकारण नेप्से परिसूचकसँगै कारोबारमा समेत उछाल आएको छ ।  

आज बजारमा कारोबार सुरु भएको डेढघण्टाभित्रै ४९.५० अंकको बढोत्तरी भएर नेप्से परिसूचक २७२२ को उचाईमा पुगेको छ भने यो अवधिमा ५ अर्ब ६३ करोड बढीको सेयर कारोबार भइसकेको छ । 

यो बेलासम्म व्यापारबाहेकका सबै समूहमा हरियाली छाएको छ । होटल तथा टुरिजम सेक्टरमो ३.२९ प्रतिशतको उछाल देखिएको छ भने लगानी समूह, वित्त समूह, जीवन बीमा समूह, अन्य समूह लगायतका उपसमूहमा २ प्रतिशत बढीको बढोत्तरी भइसकेको छ ।  

सेयर बजारका जानकारहरुका अनुसार राजनीतिक स्थिरता नहुने त्रासका बीच पर्ख र हेरको रणनीतिसहित बसेका लगानीकर्ताहरु समेत धमाधम बजार प्रवेश गर्न थालेपछि सूचक र कारोबारमै उछाल देखिएको हो । एकातिर पुस मसान्तको दवाब सकिएको र अर्कोतर्फ चुनावको सुनिश्चितता भएपछि जेनजी आन्दोलनपछि सुस्ताएको बजारमा एकाएक चमक फर्किएको हो ।  

यो समाचार तयार पार्दासम्म बजारमा कारोबार आएकामध्ये २३४ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । ४ वटा कम्पनीको मूल्य स्थिर देखिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.