काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा १३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र अग्रवाल सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै २ अर्ब ४८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.११ प्रतिशत सेयर खरिद र ४८.८९ प्रतिशत सेयर बिक्री भएको छ ।
यसका साथै दोस्रोमा सनि सेक्युरिटिजबाट १ अर्ब १६ करोड रुपैयाँ, त्रिशक्ति सेक्युरिटिजबाट १ अर्ब ८ करोड रुपैयाँ र इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब २ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


