काठमाण्डौ । रुसको सेयर बजार दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रुसको बेन्चमार्क स्टक इन्डेक्स रुस सरकारले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछिकै उच्च विन्दुमा पुगेको हो ।
रुसको मुद्रा रुबल अमेरिकी मुद्राविरुद्ध बलियो बनेसँगै सोमबार रुबलमा आधारित रुसको सेयर बजार मोएक्स रसियन इन्डेक्स ०.९ प्रतिशत अर्थात ३ हजार ३६१.५ अंकले बढ्यो । ज्ुन सन् २०२२ फेब्रुअरी २४ पछिकै उच्च हो ।
यस्तै डलरमा आधारित आरटीएक्स इ्रन्डेक्स पनि ०.९ प्रतिशत अर्थात १ हजार १४७.५ विन्दुले बढेको छ । रुबल पनि डलरको तुलनामा ०.२ प्रतिशत उच्च भएको छ । एक रुबलको बराबर ९२.२९ रुबल कायम भएको छ ।
रुबलले आगामी दिनहरुमा कम जोखिमको सामना गर्नुपर्ने विश्लेषकहरुले बताएका छन् । यस्तै युरोको तुलनामा पनि रुबल ०.१ प्रतिशतले बलियो बनेको छ । यद्यपी युआनको तुलनामा भने ०.१ प्रतिशतले घटेको छ ।