काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८३ प्रतिशतले धेरै हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ७ करोड ९५ लाख खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ७.५४ प्रतिशतले बढेको छ । संस्थाले ५४ करोड ४५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि ४ करोड २१ लाखबाट बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ५१ करोड ८२ लाख र सञ्चालन खर्च ३७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा ८ करोड ५५ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १४ करोड ७३ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ६० करोड ५९ लाखबाट बढेर ६४ करोड ४१ लाख पुगेको छ ।
४ अर्ब २४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १४ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ७.७८ प्रतिशतबाट बढेर १९.५४ प्रतिशत पुगेको छ । इम्पेयरमेन्ट चार्जका लागि संस्थाले ७ करोड ५१ लाख रुपैयाँको व्यवस्था गरेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा १४ करोड ७३ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १०.३९ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१३.८८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५५.७८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १६५.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५२.६५ गुणा र तरलता अनुपात ११.१२ प्रतिशत कायम भएको छ ।

