काठमाण्डौ । वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको बिहीबार साँझ निधन भएको छ ।
डा. आचार्य ‘स्टाटस अफ वुमन इन नेपाल’ का अनुसन्धानकर्ता तथा लेखकको रूपमा परिचित थिइन् । उनले महिला अधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । साथै, डा. आचार्य पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी सल्लाहकारका रूपमा पनि कार्यरत थिइन् । उनी पूर्व प्रधानमन्त्री स्व. टंकप्रसाद आचार्यकी छोरी समेत हुन् ।
उनको अन्त्येष्टि आज, शुक्रबार, पशुपति आर्यघाटमा गरिनेछ ।

