शुक्रबार, श्रावण २२,२०८३ 07:05:05
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 07:05:05
Bizshala
Global IME Bank Limited

नागरिक लगानी कोषद्वारा साढे ६६ करोड बढी मुनाफा आर्जन, आम्दानी र ईपीएस कति ?

नागरिक लगानी कोषद्वारा साढे ६६ करोड बढी मुनाफा आर्जन, आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो ।  

यो अवधिमा कोषले १ अर्ब ६ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ३ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।  

कोषको कुल खर्च घटेको छ । अघिल्लो आवमा २० करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च घटेर १८ करोड १८ लाखमा सीमित बनेको छ ।  

कोषले २ खर्ब ९८ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ४५ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ३१ करोड  ,समयकालिन कर्जामा २६ अर्ब ३१ करोड ,संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको जगेडा कोषको आकार १२ अर्ब २८ करोड रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ र लगानी प्रतिफल ४.४९ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.