आईतवार, आश्विन १८,२०८३ 09:48:55
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 09:48:55
Bizshala
Global IME Bank Limited

आज ग्याल्पो ल्होसार पर्व मनाइँदै, सेयर बजार बन्द रहने

Bizshala
आज ग्याल्पो ल्होसार पर्व मनाइँदै, सेयर बजार बन्द रहने
New Office

काठमाण्डौ । शेर्पा समुदायले आफ्नो नयाँ वर्षका रूपमा आज २१५३ औँ ग्याल्पो ल्होसार देशभर विविध कार्यक्रमसहित मनाउँदैछन्। यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ ।

१२ वर्षे चक्रअनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराहका नाममा वर्ष वर्गीकरण गरिन्छ। प्रत्येक वर्ष फरक जनावरको प्रतीकसँगै नयाँ आशा र संकल्पका साथ पर्व मनाइने परम्परा छ।

यो पर्व भोटका नवौं राजा उदे गुङ्ग्यालको पालादेखि वसन्त पर्वका रूपमा सुरु भएको मानिन्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर र टोलका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने गर्छन्। नौ प्रकारको अन्न मिसाएर बनाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ। आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.