बिहीबार, श्रावण २८,२०८३ 05:03:41
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 05:03:41
Bizshala
Global IME Bank Limited

प्रतिकित्ता २ रुपैयाँको यो सेयरले लगानीकर्तालाई ४ वर्षमै बनायो करोडपति

Prabhu Bank Limited
प्रतिकित्ता २ रुपैयाँको यो सेयरले लगानीकर्तालाई ४ वर्षमै बनायो करोडपति
New Office

काठमाण्डौ । सेयर बजारलाई सम्भावनाको क्षेत्र भनिन्छ । सायद सेयर बजार एउटा मात्रै यस्तो क्षेत्र होला,जहाँ भाग्य चम्किन धेरै समय लाग्दैन । तर लगानीको सहि रणनीति नहुँदा रातारात सडकमा पुगेका उदाहरणहरु पनि प्रशस्तै छन् ।  

तर जहाँ जोखिम धेरै हुन्छ,त्यहाँ रिर्टन पनि उच्च नै हुन्छ । केहि कम्पनीका स्टकहरुले लगानीकर्ताले नसोचेको प्रतिफल समेत दिने गरेका छन् । यसको उदाहरण भारतको सेयर बजारको एक कम्पनीलाई लिन सकिन्छ । भारतको सेयर बजारमा सूचीकृत कम्पनी एसीजी फिनसर्भले मात्रै ४ वर्षको अवधिमा आफ्ना लगानीकर्तालाई करोडपनि बनाएको छ ।  

सन् १९९४ मा सुरुवात भएको यो कम्पनीले ब्रोकिङ,डिस्ट्रीब्युसन,लगानी लगायतका फण्ड म्यानेजमेन्ट,बैंकिङ र बीमा सेवा जस्ता क्षेत्रमा लगानी गर्ने गरेको छ । चार वर्ष अघि अर्थात सन् २०२० २७ मार्चमा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २.८० रुपैयाँ भारु मात्रै थियो । कम्पनीको सेयरमूल्य मंगलबारसम्म आईपुग्दा प्रतिकित्ता ४३१.८० भारु पुगेको छ ।  

यो कम्पनीको बजार पूँजीकरण २ हजार २६० करोड भारु रहेको छ । २ रुपैयाँ भारुबाट ४३० भारुसम्मको यात्रा तय गर्ने क्रममा यो कम्पनीले ४ वर्षको अवधिमा आफना लगानीकर्तालाई १६ हजार प्रतिशत को जोडदार रिर्टन दिएको छ । यस हिसाबले यदि  कुनै लगानीकर्ताले यो कम्पनीमा ४ वर्षअघि १ लाख लगानी गरेको भए,त्यो लगानी अहिले बढेर १.५ करो भारु पुगेको हुनेथियो ।  

यो कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ७४८ भारु रहेको छ भने न्यून मूल्य प्रतिकित्ता ३८४.९५ भारु छ । सन् २०१२ को अन्त्यतिर यो कम्पनीको सेयरमूल्यले उचाई लिन सुरु गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.