सोमबार, असार १६,२०८२ 08:08:43
  • सोमबार, असार १६,२०८२ 08:08:43
Global IME Bank Limited

प्रतिकित्ता २ रुपैयाँको यो सेयरले लगानीकर्तालाई ४ वर्षमै बनायो करोडपति

Hyundai Nepal
प्रतिकित्ता २ रुपैयाँको यो सेयरले लगानीकर्तालाई ४ वर्षमै बनायो करोडपति
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारलाई सम्भावनाको क्षेत्र भनिन्छ । सायद सेयर बजार एउटा मात्रै यस्तो क्षेत्र होला,जहाँ भाग्य चम्किन धेरै समय लाग्दैन । तर लगानीको सहि रणनीति नहुँदा रातारात सडकमा पुगेका उदाहरणहरु पनि प्रशस्तै छन् ।  

तर जहाँ जोखिम धेरै हुन्छ,त्यहाँ रिर्टन पनि उच्च नै हुन्छ । केहि कम्पनीका स्टकहरुले लगानीकर्ताले नसोचेको प्रतिफल समेत दिने गरेका छन् । यसको उदाहरण भारतको सेयर बजारको एक कम्पनीलाई लिन सकिन्छ । भारतको सेयर बजारमा सूचीकृत कम्पनी एसीजी फिनसर्भले मात्रै ४ वर्षको अवधिमा आफ्ना लगानीकर्तालाई करोडपनि बनाएको छ ।  

सन् १९९४ मा सुरुवात भएको यो कम्पनीले ब्रोकिङ,डिस्ट्रीब्युसन,लगानी लगायतका फण्ड म्यानेजमेन्ट,बैंकिङ र बीमा सेवा जस्ता क्षेत्रमा लगानी गर्ने गरेको छ । चार वर्ष अघि अर्थात सन् २०२० २७ मार्चमा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २.८० रुपैयाँ भारु मात्रै थियो । कम्पनीको सेयरमूल्य मंगलबारसम्म आईपुग्दा प्रतिकित्ता ४३१.८० भारु पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो कम्पनीको बजार पूँजीकरण २ हजार २६० करोड भारु रहेको छ । २ रुपैयाँ भारुबाट ४३० भारुसम्मको यात्रा तय गर्ने क्रममा यो कम्पनीले ४ वर्षको अवधिमा आफना लगानीकर्तालाई १६ हजार प्रतिशत को जोडदार रिर्टन दिएको छ । यस हिसाबले यदि  कुनै लगानीकर्ताले यो कम्पनीमा ४ वर्षअघि १ लाख लगानी गरेको भए,त्यो लगानी अहिले बढेर १.५ करो भारु पुगेको हुनेथियो ।  

यो कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ७४८ भारु रहेको छ भने न्यून मूल्य प्रतिकित्ता ३८४.९५ भारु छ । सन् २०१२ को अन्त्यतिर यो कम्पनीको सेयरमूल्यले उचाई लिन सुरु गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.