Bizshala
  • बुधबार, असार २४,२०८३ 03:39:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध साई स्वागत सहकारीमा महानगरको छापा

Laxmi Sunrise Bank Limited
रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध साई स्वागत सहकारीमा महानगरको छापा

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाण्डौ महानगरपालिकाले छापा मारेको छ । 

निकिता पौडेल निर्वतमान उपाध्यक्ष तथा सेयर सदस्य रहेको उक्त सहकारीमा बचतकर्ताहरुको उजुरीका आधारमा महानगरले उक्त सहकारीमा छापा मारेको हो । उक्त  सहकारीका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जानकारी उपलब्ध गराउन पत्राचार गरेपछि पछिल्ला केहि महिनादेखि उक्त  सहकारी महानगरको निगरानीमा थियो ।  

New Office
CG Motors
Garima Development Bank

बिजुली बजारमा रहेको सहकारी कार्यालयबाट महानगरको अनुगमन टोलीले पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ,धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण लगायतका कागजातहरु जफत गरेको छ ।  

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सो सहकारीको दर्ता, सञ्चालक समिति र कारोबारका विषयमा विवरण उपलब्ध गराउन गत मंसिर २१ मा महानगरलाई पत्राचार गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.