शनिबार, बैशाख ५,२०८३ 04:34:54
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:34:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्सामा नेकपा उम्मेदवारसहित चार जना विस्फोटक पदार्थसहित पक्राउ

Bizshala
पर्सामा नेकपा उम्मेदवारसहित चार जना विस्फोटक पदार्थसहित पक्राउ
Shivam Cement

काठमाण्डौ । पर्सा जिल्लामा एक राजनीतिक दलका उम्मेदवारसहित चार जना विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज कुमार चौधरी चढेको गाडीबाट बम बनाउन प्रयोग गर्न सकिने ‘होक्स’ नामक विस्फोटक पदार्थ बरामद भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार बिहान पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेको हो।

पर्सा प्रहरीका अनुसार मंगलबार राति करिब १० बजेर १५ मिनेट पर्सागढी नगरपालिका–३ बडनिहार बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा १० च १२५० नम्बरको गाडी रोकी जाँच गरेको थियो। जाँचका क्रममा गाडीको डिक्कीभित्र टेपले बेरिएको चौपाटे आकारको टिनको बाकस फेला परेको थियो। शंकास्पद वस्तु फेला परेपछि गाडीमा सवार चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बरामद वस्तु ‘होक्स’ रहेको र आवश्यक परिमाणमा बम बनाउन सकिने प्रारम्भिक निष्कर्ष रहेको प्रहरीको दाबी छ। उम्मेदवार चौधरी चढेको गाडीबाट उक्त पदार्थ बरामद भएकाले त्यसबारे थप अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ। सेनाको डिस्पोजल टोलीले बुधबार बिहान उक्त पदार्थ निष्क्रिय पारेको छ।

CG Motors
Garima Development Bank
IME remit

चौधरीसँगै पक्राउ पर्नेमा बारा प्रसौनी–४ का २६ वर्षीय सहाब आलम अन्सारी, धनुषाधाम–९ का ३० वर्षीय सुरज कार्की र पर्सागढी–३ का ६८ वर्षीय सत्यनारायण थारु रहेका छन्। उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.