सोमबार, असार २,२०८२ 11:14:20
  • सोमबार, असार २,२०८२ 11:14:20
Global IME Bank Limited

बैंकहरुको बेस रेट १.८७ अंकले घट्यो, ऋणको ब्याजदर १०.७८% मा सीमित

Hyundai Nepal
बैंकहरुको बेस रेट १.८७ अंकले घट्यो, ऋणको ब्याजदर १०.७८% मा सीमित
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर गत आवको तुलनामा १.६३ अंकले घटेको छ ।  

गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत थियो ।  

यता वाणिज्य बैंकहरुको कर्जाको ब्याजर समेत २.२५ अंकले घटेको छ । गत आवको ८ महिनासम्म कमर्सियल बैंकहरुको कर्जाको ब्याजदर ८.३७ प्रतिशत रहेकोमा चालु आवको यस अवधिसम्म ६.७४ प्रतिशत कायम भएको छ ।  

गत आवको अन्तिमतिर वाणिज्य बैंकहरुमा तरलताको स्थितिमा सहज हुन थालेपछि निक्षेप र कर्जाको ब्याजदर घटाउन चौतर्फी दबाद आएको थियो । कमर्सियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षमा निक्षेप–कर्जा अनुपात (सीडी रेसियो)मा सुधार देखेपछि ब्याजदर घटाउने निर्णय गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) १.८७ अंकले घटेको छ । गत आवको यसै अवधिसम्म १०.६४ प्रतिशत रहेको कमर्सियल बैंकहरुको बेस रेट चालु आवको ८ महिनासम्म ८.७७ प्रतिशत कायम भएको छ ।  

बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिस्पर्धी र पारदर्शी गराउने उद्देश्यले आव २०६९/७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागू गर्ने उल्लेख गरेको थियो ।  

कमर्सियल बैंकहरुमा  २०६९ सालमा नै आधार दर लागू भएको थियो भने विकास बैंक र वित्त कम्पनीहरुमा २०७० सालमा मात्रै लागू भएको थियो । बाणिज्य बैंकहरुले आधारदरलाई सन्दर्भ मानेर ब्याजदर तोक्ने गर्दछ । बैंकहरुको आधार दर नै घटेपछि निक्षेप र कर्जाको ब्याजदर घट्न पुगेको हो ।  

त्यस्तै, चालु आवको ८ महिनामा विकास बैंकहरुको आधार दर १०.७१ प्रतिशत र वित्त कम्पनीहरुको आधार दर १२.३३ प्रतिशत रहेको छ ।  

साथै विकास बैंकहरुको निक्षेपको ब्याजदर ७.९३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.५२ प्रतिशत रहेको छ भने वित्त कम्पनीहरुको निक्षेपको ब्याजदर १२।३३ प्रतिशत र कर्जाको ब्याजदर १३.०३ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.