काठमाण्डौं । यो महिनामा लघुवित्तका लगानीकर्ताहरुले मालामाल भएका छन् । यो महिना लघुवित्त समूहका लगानीकर्ताहरुले १५.१९ प्रतिशत आम्दानी गरेका छन् ।
त्यसै गरि दोस्रोमा वित्त समूहका लगानीकर्ताहरुले ५.३३ प्रतिशत कमाएका छन् । तेस्रोमा होटल्स एण्ड टुरिजम समूहका लगानीकर्ताहरुले २.४१ प्रतिशत आम्दानी गरेका छन् । यो महिना सबैभन्दा धेरै गु्माउनेमा वाणिज्य बैंक र हाइड्रो समूहका लगानीकर्ताहरु छन् । यी समूहका लगानीकर्ताहरुले क्रमशः ३.०९ र ३.२५ प्रतिशतले गुमाएका छन् ।
साप्ताहिक रुपमा हेर्दा पनि यो साता लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । लघुवित्त समूहका लागानीकर्ताले एक साताको अवधिमा ४.४२ प्रतिशत कमाएका छन् भने ।
त्यस्तै होटल्स एण्ड टुरिजमका लगानीकर्ताहरुले १.२९ प्रतिशत कमाएका छन् । साप्ताहिक रुपमा सबै भन्दा बढी गुमाउनेमा उत्पादन तथा प्रशोधन समूह र विकास बैंक समूहका लगानीकर्ता छन् । यी समूहका लगानीकर्ताहरुले यो साता क्रमशः ७.४८ र २.३९ प्रतिशतले गुमाएका छन् ।