शनिबार, बैशाख ५,२०८३ 04:33:57
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:33:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

Bizshala
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय
Shivam Cement

काठमाण्डौ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिसको निर्णय गरेको छ ।  

आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनपछि सफलतापूर्वक गृहप्रशासन चलाएका र शान्तिपूर्ण निर्वाचन गराएको श्रेय पाएका गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राष्ट्रियसभामा एक सदस्य पद रिक्त रहेको छ । यो पदमा प्रधानमन्त्रीले अर्याललाई र राष्ट्रपतिले आफ्नै छोरीलाई पठाउन खोजेका थिए । यो रस्साकस्सीबीच वर्तमान अर्थमन्त्री रामेश्वर खनालले विभिन्न पावर सेन्टरहरु प्रयोग गरी प्रधानमन्त्रीलाई आफ्नो नाम सिफारिस गर्न लगाउने प्रयासमा रहेका समाचारहरु बाहिरिएका थिए । यद्यपि यस्ता समाचारहरुको विषयमा अर्थमन्त्रीले पछि विभिन्न सञ्चारमाध्यमबाट खण्डन गर्न खोजेका थिए । 

CG Motors
Garima Development Bank
IME remit

अब सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई राष्टियसभा सदस्य पदमा नियुक्त गर्नुपर्नेछ ।  

राष्ट्रपतिले मनोनयन गरेपछि अर्याल समेत अब बन्ने मन्त्रिपरिषदमा बलियो मन्त्रालयको दाबेदार बन्नसक्ने विश्लेषण गरिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.