आईतवार, फाल्गुन ११,२०८१ 10:50:17
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:50:17
IME remit
Global IME Bank Limited

विदेशमा बस्ने नेपाली व्यवसायीले ‘एनआरएन बिजिनेश एशोसियसन’ स्थापना गर्ने

Hyundai Nepal
विदेशमा बस्ने नेपाली व्यवसायीले ‘एनआरएन बिजिनेश एशोसियसन’ स्थापना गर्ने
Nabil Bank Limited

काठमाण्डौ । विदेशमा व्यापार तथा व्यवासाय गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् ।

गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजिनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो।

अमेरिकाको टेक्सासमा व्यवसाय गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए ।

जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए ।

सर्वाेच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वाेच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन समेत दिएको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेको जोशीले दाबी गरे।

‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हा । आफू–आफूबीच इगो पालेर केही हुँदैन। एनआरएनएको औचित्य शून्य भइसक्यो। यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उनले भने।

पूर्व अध्यक्षहरूको जुँगाको लडाइँले एनआरएनए अभियान सखाप भएको उनको आरोप छ । ‘मिल्ने बेला नमिल्ने । आफू–आफूहरूबीच इगो लिने !अहिले कसरी मिल्छ त ? मिलेर ६ महिनाभित्र संस्था एक हुन्छ भन्नु असम्भव छ। कोही पनि भ्रममा नपरे हुन्छ,’ उनले भने ।

जोशीले पछिल्लो समयमा विदेशमा नेपाली व्यवसायीहरूको संख्या बढ्दै गएको बताउँदै उनीहरूलाई समेट्न एउटा संस्था आवस्यक रहेको बताए।

‘यो संस्था राजनीति गर्ने थलो हुँदैन। व्यापार–व्यवसायलाई मात्र केन्द्रित गरेर सञ्चालन हुन्छ । युवा पुस्ता र विदेशमा हुर्किरहेको पुस्तालाई समेट्ने टार्गेट हो,’ उनले भने।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.