Bizshala
  • सोमबार, चैत्र ९,२०८२ 11:36:38
Bizshala
Global IME Bank Limited

महान्यायाधिवक्ताको कार्यालयद्वारा उपभोक्ता र इन्टरनेट सेवा उद्योगको हितमा निर्णय, थप आर्थिक भारबाट राहत

Hyundai Nepal
महान्यायाधिवक्ताको कार्यालयद्वारा उपभोक्ता र इन्टरनेट सेवा उद्योगको हितमा निर्णय, थप आर्थिक भारबाट राहत
Shivam Cement

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय उपभोक्ता र सेवा उद्योगको हितमा रहेको जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको साझा सङ्गठनले उपभोक्तालाई थप आर्थिक भारबाट जोगाउने कार्य गरेको भन्दै महान्यायाधिवक्ता कार्यालयलाई कृतज्ञता प्रदान गरेको हो ।  

यस विषयमा देखिएको विवाद निरूपण गर्न महान्यायाधिवक्ताको कार्यालयले नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित अन्य निकायसँग समेत राय परामर्श लिएको थियो । जसमार्फत इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार शुल्कमा ग्राहकलाई दिँदै आएको दूरसञ्चार सेवा शुल्क छुट नेपाल सरकारको विद्यमान नीति र आर्थिक ऐन अनुरूप नै रहेको निष्कर्ष महान्यायाधिवक्ताको कार्यालयले निकालेको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

साथै कूल महसुलको ५० प्रतिशत (इन्टरनेट सेवा वापतको रकममा) मात्र दूरसञ्चार सेवा शुल्क उठाई समयमै सरकारी राजस्व खातामा जम्मा गर्ने सेवा प्रदायकहरूको अभ्यास पूर्णतः सही र कानुनी रहेको ठहर गरिएको छ ।  

‘यो निर्णयले मर्मत सम्भारमा समेत थप कर थोपर्नुपर्ने आधारहीन तर्कहरूलाई खारेज गरेको छ’ संघको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट उपभोक्ताहरू थप आर्थिक भारबाट जोगिएका छन् भने लाखौँको रोजगारी र अर्बौँको लगानी भएको इन्टरनेट उद्योगको समेत रक्षा भएको छ ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

महान्यायाधिवक्ताको कार्यालयको निर्णयले केही समयदेखि इन्टरनेट महसुल र दूरसञ्चार सेवा दस्तुर (टीएससी) का सम्बन्धमा देखिएका अन्योललाई चिरेको छ । यसले उपभोक्तालाई थप आर्थिक भार नपर्ने र इन्टरनेट उद्योगको अस्तित्व रक्षा हुने गरी कानुनी व्याख्या गरिएको आइस्पानको भनाई छ ।

सेवा प्रदायकहरूले ग्राहबाट लिने शुल्क नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गराई सोही दरमा उठाउने गरेका छन् । दूरसञ्चार नियमावलीले फिक्स वायर्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको कुल महसुलको बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क तोक्न सक्ने व्यवस्था गरेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.