Bizshala
  • शुक्रबार, चैत्र १३,२०८२ 01:15:55
Bizshala
Global IME Bank Limited

नयाँ सरकार आउनुअघि नै योजना आयोगका उपाध्यक्ष श्रेष्ठको राजीनामा, गभर्नरलगायतले के गर्लान् ?

Hyundai Nepal
नयाँ सरकार आउनुअघि नै योजना आयोगका उपाध्यक्ष श्रेष्ठको राजीनामा, गभर्नरलगायतले के गर्लान् ?
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय योजना आयोगमा नेतृत्व परिवर्तन अघि नै उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पद त्यागेका छन्। भोलि बन्ने नयाँ सरकारको औपचारिक गठनअघि नै उनले जिम्मेवारीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहँदा, राजनीतिक नियुक्तिमा रहेका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरिएको थियो। सामान्यतया सरकार परिवर्तनपछि मात्र पद छोड्ने प्रचलन भए पनि श्रेष्ठले त्यसअघि नै राजीनामा दिँदै नयाँ सरकारका लागि बाटो खुला गरेका छन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

 श्रेष्ठलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नियुक्त गरेको थियो। करिब १०१ दिनको कार्यकाल पूरा गरेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो जिम्मेवारी सकिएको जानकारी दिँदै सरकारप्रति आभार व्यक्त गरेका छन्। उनले विशेषतः प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र मन्त्रिपरिषद्लाई अवसरका लागि धन्यवाद दिएका छन्।

छोटो कार्यकालमा सम्पन्न भएका काम, अपूर्ण रहेका कार्यसूची, चालु आर्थिक वर्षका प्राथमिकता तथा विकास आयोजनाको प्रभावकारिता बढाउन आवश्यक सुधारबारे पनि उनले आफ्ना अनुभव सार्वजनिक गरेका छन्। पुँजीगत खर्च वृद्धि र योजना कार्यान्वयनमा सुधार अपरिहार्य रहेको उनको संकेत छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

डा. श्रेष्ठ यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा योजना आयोग सदस्य रहिसकेका छन् भने नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको भूमिका पनि निर्वाह गरेका थिए।

श्रेष्ठजस्तै राजनीतिक नियुक्ति पाएका अन्य विभिन्न पदमा आसीनहरुबाट समेत सत्ताको नेतृत्व गर्न लागेको दल रास्वपाले नैतिकताका आधारमा पद त्यागको अपेक्षा विभिन्न च्यानलबाट पटक पटक व्यक्त गरिसकेको छ । तर, रास्वपाको चाहनाअनुसार केन्द्रीय बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सहजै पद नछाड्ने संकेत दिइसकेका छन् भने पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ त विवादास्पद निर्णय गर्दै पदमै बसिरहेका छन् । बाँकी निकायमा नियुक्ति पाएकाहरुले समेत राजीनामा दिने सार्वजनिक इच्छा जाहेर गरिसकेका छैनन् । 

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.