आईतवार, फाल्गुन ११,२०८१ 02:04:15
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:04:15
IME remit
Global IME Bank Limited

सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !

Hyundai Nepal
सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !
Nabil Bank Limited

काठमाण्डौ । लगानीकर्ताको लागि धितोपत्र बोर्डको अध्यक्ष पदले विशेष महत्व राख्ने गर्छ । धितोपत्र सम्बन्धी नियामकीय निकायको सर्वोच्च पदमा आसिन व्यक्तिको क्षमताले धितोपत्र बजारको विकास र लगानीकर्ताको हित निर्दिष्ट गर्ने भएकाले यो पदको विशेष महत्व हुने गर्छ ।  

तर यसअघिका धितोपत्र बोर्डका अध्यक्षहरुलाई हेर्ने हो भने धितोपत्र बजारलाई नजिकबाट बुझेका थोरै व्यक्तिहरु मात्रै यो पदमा पुगेको पाइन्छ ।  

धितोपत्र बोर्डमा अध्यक्ष पद खाली भएको तीन महिनापछि सरकारले आइतबार १९ जना आवेदकबाट ५ जनाको नाम सर्टलिष्ट गरेको छ । सर्टलिष्टमा धेरैजसो माओवादीनिकट भनेर चिनिने व्यक्ति परेका छन् । ती पाँचैजना अध्यक्ष पदका लागि आफूलाई प्रमुख दाबेदार मान्छन्।  

१९ जना आवेदकहरुमा पूँजीबजारको विषयमा राष्ट्रिय र अन्तराष्ट्रिय बजार १० औं वर्ष जाने बुझेका, युनिभर्सिटिका प्रोफेसर तथा विज्ञ सरकारको नजरमा खासै परेको देखिदैन । यसपालिको ५ जनाको सर्टलिष्टमा सेबोनभित्रैबाट २ जनाको नाम परेको छ । जसमा डा. नबराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ छन् ।  

त्यसैगरी बाहिरबाट तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाई, सन्तोषनारायण श्रेष्ठ र नेप्सेका हालका सीइओ कृष्णबहादुर कार्की रहेका छन् ।  

कुनैबेला सेबोनको अध्यक्षको पदमा खासै आकर्षण हुँदैनथ्यो । तर यसपालि नयाँ स्टक एक्सचेञ्ज र कमोडिटि बजारले गर्दा सेबोनको अध्यक्ष पद धेरै आकर्षक र पेचिलो बनेको देखिन्छ ।  

नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूहले यसअघि नै ईच्छा व्यक्त गर्दै आवेदन दिएका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज , अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज छन् ।  

लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बीचौलियाको काम गरेको बजारमा चर्चा हुने गरेको छ । तीन सदस्यीय सेबोन अध्यक्ष छनौट समितिका एक सदस्य उदय निरौलालाई दीपक भट्टले नै पठाएका स्रोत दाबी गर्छ । जसको माध्यमबाट भट्टले छनौट समितिले कसलाई पठाउँदै छ ?भन्ने सूचना लिने गरेको स्रोत बताउँछ ।  

हिमालयन स्टक एक्सचेञ्जमा भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।  

त्यसैगरी नेशनल स्टक एक्सचेञ्जमा अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । यसमा एनआरएनए समूह पनि संलग्न छ । जसमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य पनि छन् । यो समूहले पनि नयाँ स्टक एक्सचेञ्जका लागि तीब्र लविङ गरेको थियो ।  

अर्को अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापा लगायतका सुरेन्द्र वाग्ले, प्रकाशकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहेका छन् ।  

नयाँ स्टक एक्सचेञ्जमा आवेदन दिएर बसेका यी तीनै समूह आफू अनुकूलको सेवोन अध्यक्ष बनाउन सके स्टक एक्सचेञ्जको लाइसेन्स आफ्नो पोल्टामा पार्ने दाउमा छन् । ३ अर्बबराबरको पूँजी रहने नयाँ स्टक एक्सचेञ्जको सम्भाव्यता अध्ययन गर्न राष्ट्र बैंकका बोर्ड सदस्य चिन्तामणि शिवाकोटीको अध्यक्षतामा अध्ययन समिति बनेको छ । यो समितिले आगामी बैशाख पहिलो साता नयाँ स्टक एक्सचेञ्जको विषयमा अध्यन प्रतिवेदन सरकारलाई बुझाउनेछ । ३ अर्ब पूँजी रहने भनिएको यो नयाँ स्टक एक्सचेञ्जको ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्नेछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

हालको नेप्से कामचलाउ अवस्थामा रहेकाले नयाँ प्रडक्टहरु ल्याउन सकेको छैन । सरकारी संरचनामा चलेको यो नेप्सेका धेरै फाइल अर्थमन्त्रालयमा नै गएर थन्किएका छन् । अर्थमन्त्रालयबाट अध्यक्षको रुपमा आउने व्यक्तिका कारण नेप्सेको उच्च व्यवस्थापनले काम गर्न खोजे पनि सकेको छैन । यहीकारण नयाँ स्टक एक्सचेञ्ज आए नयाँ प्रडक्ट आउने लगानीकर्ताले आशा गरेका छन् ।  

बजारको यही अवस्था बुझेको एउटा समूह अब जसरी पनि नयाँ स्टक ल्याउने ध्याउन्नमा छ । यसका लागि सम्भावित अध्यक्षका लागि विभिन्न निकायमा चढाउनुपर्ने दाम स्वार्थ समूहले सहजै जुटाइदिनेछ ।  

बजार स्रोत भन्छ,‘यो पद भनेको अरुले किनिदिने पद हो । कुनै योग्यता र क्षमताभन्दा पनि यहाँ पैसाकै थैली महत्वपूर्ण हुन्छ । त्यसैले अब मुख्य विषय भनेको स्टक एक्सचेञ्जको अध्ययन समितिले दिने प्रतिवेदन हुनेछ । उक्त प्रतिवेदनमा स्टक एक्सचेञ्ज आबश्यक नहुने भन्ने देखिएमा सबै खेल हालका लागि अन्त्य हुनेछ । तर त्यो सम्भावना कमै देखिन्छ ।’  

स्रोतका अनुसार सबै विषय तयार पारेर नै सेबोनको कार्यविधि आएको छ ।  

भावी अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ मध्ये बजारमा सबैभन्दा बढी चर्चा चिरञ्जीबी चापागाईको सुनिन्छ । चापागाई उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका गाउँले र नजिकका मित्र भएकाले ढकालसँगको चिनजान उनका लागि फलदायी हुन सक्ने आँकलन भइरहेका छन् । ढकालकै कृपाले उनी बीमा समितिमा अध्यक्ष बनेर नयाँ कम्पनीलाई लाइसेन्स दिएका थिए । आइएमई समूहको हाल पनि नेप्सेको मुख्य कारोबार व्यवस्थापन सिस्टम बनाएको र नियन्त्रण राख्ने वाइको कम्पनीमा लगानी रहेको छ । यहीकारण आईएमई समूह सेबोनमा समेत आफ्नो अधिपत्य जमाउन चाहन्छ ।  

त्यसपछि दीपक भट्टको समूहले सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डभित्रैका मूक्तिनाथ श्रेष्ठमध्ये एकलाई बोर्ड अध्यक्षका लागि अघि सारेको स्रोत बताउँछ । मूक्तिनाथ श्रेष्ठले यसअघि रमेश हमालसँग निकट रहेर काम गरिसकेकाले हमालको ठाउँमा श्रेष्ठलाई राख्नसक्ने सम्भावना पनि उत्तिकै छ ।  

हालका नेप्सेका सीइओ कृष्णबहादूर कार्की पनि बोर्ड अध्यक्षको दौडका लागि प्रमुख दाबेदार उम्मेद्वार मानिन्छन् । उनी पनि विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । उनले यसअघि अर्थमन्त्री वर्षमान पुनको चेम्बरमा बसेर काम गरिसकेकाले उनको पनि सम्भावना बलियो देखिन्छ । अर्थमन्त्री वर्षमान पुनले भने कार्कीलाई नै अध्यक्ष बनाउन चाहेको स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्डबाट वर्षमान पुनको छनौटमा कुनै हस्तक्षेप भएन भने कार्की नै बोर्डको अध्यक्ष हुनेछन् ।    

अंकमा पहिलो नम्बरमा आएता पनि सेबोनका निमित्त प्रमुख डा. नवराज अधिकारी यसपालि पनि हिस्स हुनसक्ने सम्भावना देखिन्छ । उनले निमित्तको रुपमा सेबोन हाँक्ने मौका पाए पनि परफरमेन्स अत्यन्त कमजोर देखाएका छन् । सामान्य भन्दा सामान्य निर्णय लिन, दैनिक काम गर्ने क्रममा कतिपय साना निर्णय समेत लिन नसक्ने र अत्यन्त कमजोर मनोबल भएकै कारण उनलाई बोर्ड अध्यक्षको रुपमा सरकारले नियुक्त गर्ने सम्भावना छैन । तर, डा. अधिकारी आफूलाई प्रचण्डको भाञ्जा भन्दै कन्फर्म अध्यक्ष बन्ने दाबी गर्छन् ।  

सर्टलिष्टमा परेका ५ जनाको अब अन्तर्वार्ता हुनेछ । जुन एउटा औपचारिकता मात्रै हुने र जसले ठूलो थैली बोकेर सिहंदरबार धाउन सक्यो उही खुमलटारमा अध्यक्ष पदमा आसिन हुने स्रोतले दाबी गरेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.