सोमबार, श्रावण १८,२०८३ 08:27:00
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:27:00
Bizshala
Global IME Bank Limited

हायर बन्यो विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइज

हायर बन्यो विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइज
New Office

काठमाडौं । विश्व स्मार्ट होम प्रविधिको बजारमा हायरले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था युरोमनिटर इन्टरनेश्नलले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकअनुसार हायर विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइजको रूपमा स्थापित भएको हो । कम्पनीको स्मार्ट होम तर्फको विश्वव्यापी आम्दानी र बजारमा उपलब्ध कम्पनीका स्मार्ट उपकरणका आधारमा यो र्‍याङ्क प्रदान गरिएको अनुसन्धान संस्थाले जनाएको छ ।

कम्पनीले स्मार्ट होम्सतर्फ स्मार्ट उपकरण, स्मार्ट सुरक्षा प्रणाली, स्मार्ट लाइटिङ र ऊर्जा व्यवस्थापन जस्ता व्यापक क्षेत्रमा आफुलाई विस्तार गरेको छ । जसले कम्पनीलाई घरेलु उपकरण निर्माता कम्पनीमा मात्रै सिमित नभई ‘स्मार्ट लिभिङ’ क्षेत्रको अग्रणी कम्पनीका रूपमा रुपान्तरित भएको देखाउँछ ।

कम्पनीले एआई (AI)  लाई आफ्ना सबै उपकरणमा समावेश गर्दै करिब ७० भन्दा बढी स्मार्ट उपकरण निमार्ण गरेको छ । जुन घरका भान्सा कोठा, सुत्ने कोठा र बैठक रुम, वाथ रुमकामा प्रयोग हुन्छन् । यी सबै उपकरण एउटै सफ्टवेयर प्लेटफर्ममा जोडिने हुँदा एकअर्कासँग सहज रूपमा कम्युनिकेट गर्दै प्रयोगकर्ताको दैनिकिलाई थप सहज बनाउने छ । 

कम्पनीको हाल विश्वभर १३ करोडभन्दा बढी प्रयोगकर्ता छन्, त्यसमध्ये लाखौं प्रयोगकर्ताले स्मार्ट होम प्लेटफर्ममार्फत आफ्नो दैनिक कामकाजलाई व्यवस्थापन गरिरहेका छन् । यसलाई थप प्रभावकारी बनाउने उदेश्यले कम्पनीले स्मार्ट एआईको नयाँ भर्सन २.० सार्वजनिक गरेको छ, जसले उपकरणलाई प्रयोगकर्ताको आवश्यकता आफैं बुझि काम गर्न सक्ने बनाउँछ । उदाहरणका लागि, फ्रिजले भित्र रहेका सामग्री पहिचान गरी सोही अनुसारको चिस्यान व्यवस्थापन गर्न सक्छ ।

कमम्पनीले हार्डवेयर, सफ्टवेयर र रोबोटिक्सलाई एउटै प्रणालीमा जोड्दै अझ उन्नत स्मार्ट होम प्रविधि विकास गर्ने लक्ष्य राखेको छ । जसअन्तर्गत कम्पनीले घरमा हुने काम रोबटले नै गर्ने गरि रोबोटसँग यी स्मार्ट उपकरणहरूलाई जोड्ने सिस्टम तयार गरिररहेको छ । 

जसले गर्दा सामान मिलाउनेदेखि सफाइ र हेरचाहसम्मका काम रोबटनले नै गर्नेछ । कम्पनीका अनुसार यस्तो प्रविधिले घरलाई ‘सुन्ने, देख्ने र सोच्ने’ क्षमतासहितको बनाउँदै प्रयोगकर्ताको जीवनलाई अझ सहज, स्मार्ट र आधुनिक बनाउन मद्दत गर्नेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.