काठमाण्डौ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान प्रक्रिया पूरा भएपछि रिहा गरेको छ। विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अनुसन्धानका क्रममा आवश्यक सोधपुछ सकिएपछि उनलाई छाडिएको जानकारी दिएका हुन्।
केही दिनअघि मात्र अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानकै सिलसिलामा नियन्त्रणमा लिइएको थियो। नेपालका प्रमुख व्यावसायिक घरानामध्ये एक मानिने शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टिल प्रमुख कम्पनीका रूपमा सञ्चालनमा छ।
स्टिल उद्योगसँगै सिमेन्ट, जलविद्युत् र विभिन्न उपभोक्ता वस्तु क्षेत्रमा समेत लगानी फैलाएको यो समूहका अर्का सञ्चालक सुलभ अग्रवाललाई भने आइतबार पक्राउ गरिएको थियो।

