काठमाण्डौ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर भिड्ने भएका छन् । योसँगै दुईबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।
संसद सचिवालयका अनुसार उम्मेदवारी दर्ताका लागि तोकिएको बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा दुवै जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
रुवीकुमारी ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन् ।
त्यसैगरी, सरस्वती लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक तथा आफ्नै दलका सांसदहरू खुश्बु ओली, ताहिर अली र भरत गिरीलाई समर्थक राख्दै उम्मेदवारी दर्ता गराएकी छन् ।

