बुधबार, श्रावण १३,२०८३ 07:28:05
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 07:28:05
Bizshala
Global IME Bank Limited

निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्व अर्थमन्त्री डा. महत

निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्व अर्थमन्त्री डा. महत
New Office

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।  

 ‘०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण हो । निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति थियो, त्यसले नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्याएको हो’ । उनले भने, ‘नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात निर्यातमा मात्र सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्यो ।’  

पूर्वमन्त्री डा. महतले भने, ‘पछिल्लो चरणमा म अर्थमन्त्री भएँ, पहिलो चरणको सुधार ०४६ पछि प्रारम्भ भएको हो । दोस्रो चरणको सुधार प्रारम्भ गर्ने काम हामीले गर्यौं, यसमा निरन्तर निजी क्षेत्रको सुझाव, सल्लाह र सहभागितालाई उच्च महत्व दिएको कुरा तीनवटै उद्योग व्यवसायीको छाता संगठनका साथीहरुलाई राम्रोसँग थाहा छ ।’  

‘जबसम्म राज्यसंयन्त्र पारदर्शी, अनुशासित हुँदैन, बजेटरी सिस्टममा नचल्दासम्म राज्य प्रभावकारी हुनसक्दैन । राज्य विभेदकारी भयो भने राज्य वितरणमुखी र पार्टीमुखी मात्र भयो भने देशले अपेक्षा गरेको आर्थिक वृद्धि सम्भव हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ’ डा. महतले भने । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.