काठमाण्डौ । नासा सेक्यूरिटिज कम्पनी लिमिटेडले यही वैशाख २२ गते वार्षिक विशेष सभा आयोजना गर्ने भएको छ । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको लालकोलोनी मार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको २१ प्रतिशतले हुन आउने रकमबराबरको हकप्रद सेयर जारी गर्न स्वीकृती प्रदान गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।