शनिबार, श्रावण १६,२०८३ 07:52:56
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 07:52:56
Bizshala
Global IME Bank Limited

एसईईपछि ‘डिजिटल स्टार्ट’: एनसेलको ‘पहिलो सिम’मा फ्री लर्निङ, गेमिङ र बोनस डाटा

एसईईपछि ‘डिजिटल स्टार्ट’: एनसेलको ‘पहिलो सिम’मा फ्री लर्निङ, गेमिङ र बोनस डाटा
New Office

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) सकेर नयाँ चरणमा प्रवेश गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै एनसेलले आफ्नो लोकप्रिय अफर ‘पहिलो सिम’ पुनः ल्याएको छ। सस्तो मूल्यमा मात्र सिम नभई, यो प्याकेजले लर्निङ, गेमिङ र कनेक्टिभिटीलाई एउटै प्लेटफर्ममा जोड्ने प्रयास गरेको देखिन्छ।

विद्यार्थीहरूले करसहित मात्र रु. ५० मा प्रिपेड सिम लिनसक्ने यस अफरमा, सुरुवातमै उपयोगी बन्डल सुविधा दिइएको छ। सिम सक्रिय गरेपछि प्रयोगकर्ताले २ जीबी डाटा, सबै नेटवर्कमा ५० मिनेट टक टाइम पाउँछन्।

यस अफरको विशेषता भनेको केवल कनेक्टिभिटीमा सीमित नभई डिजिटल लर्निङ र मनोरञ्जनलाई जोड्नु हो। विद्यार्थीहरूले ‘मेरो स्कुल’ प्लेटफर्ममा २८ दिनसम्म निःशुल्क अनलाइन अध्ययन सामग्री प्रयोग गर्न सक्छन्, जहाँ पाठ्यक्रम आधारित भिडियोहरू उपलब्ध छन्। त्यस्तै, ‘गेमिङ प्रिमियर लिग (GPL)’ मार्फत HTML आधारित विभिन्न गेमहरू खेल्ने सुविधा पनि समावेश गरिएको छ।

अर्कोतर्फ, डिजिटल प्रयोगलाई अझ सहज बनाउन खल्ती वालेट निःशुल्क उपलब्ध गराइएको छ, जसमा प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन। यसका साथै, रु. ५० वा सोभन्दा बढी रिचार्ज गर्दा ५०० एमबी बोनस डाटा (७ दिनका लागि) दिने सुविधा पनि राखिएको छ।

विद्यार्थीहरूले आफ्नो रोजाइअनुसार मोबाइल नम्बर चयन गर्न पाउने सुविधा समेत यो अफरको आकर्षण हो।

यो सिम देशभरका एनसेल सेन्टरबाट उपलब्ध छ। सिम लिनका लागि विद्यार्थीहरूले एसईई प्रवेशपत्र र अभिभावकको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ।

एनसेलका अनुसार, ‘पहिलो सिम’ अफरको उद्देश्य एसईईपछि डिजिटल संसारमा प्रवेश गर्ने विद्यार्थीहरूलाई सुलभ, उपयोगी र इन्टरएक्टिभ सेवा उपलब्ध गराउनु हो। कम्पनीले यसमार्फत विद्यार्थीहरूलाई सिकाइ, मनोरञ्जन र कनेक्टिभिटीमा एकसाथ जोड्ने अपेक्षा राखेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.