काठमाण्डौ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा दुवै पक्षबीच आपसी हितका विविध क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सहमति व्यक्त गरिएको थियो।
यसैगरी, व्यापार तथा लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आर्थिक सहकार्य विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले उल्लेख गरेको छ।

