शुक्रबार, जेष्ठ १,२०८३ 04:07:45
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:07:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय
Shivam Cement

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सेबोनको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र  बैंकर भूवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारले बर्खास्ती गर्ने सूइँको पाएपछि सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत शुक्रबार राजीनामा दिएका थिए । त्यसपछि सेबोनको अध्यक्ष रिक्त छ । 

Bizshala
New Office
CG Motors

यस्तै बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, र सदस्य पदमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति र मनोनयन गर्ने निर्णय समेत गरेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.